Thursday, November 24, 2011

सम्झनाका सन्दूकहरु


Udesh with Rastra-kavi Madhav Ghimire
A Nepali-flavor this time. A poem from a fantastic poet & equally beautiful person; My friend; My brother: Udesh Pandey.
UDESH, studying in Goldengate Inl'l College, has got a good hand in Nepali writings. Awarded as- "The CHILD OF THE YEAR-2063" for literature, this brilliant 17-years-old lad has already published four books of his works. Here is one of his poems which really touched me : 

सम्झनाका सन्दूकहरु
उदेश पाण्डे-
The poem is about memories. The memories which were shared fifty years back, during those glorious teen-days.


नियाल्दै छु,
ऐनाभित्रको आफ्नै प्रतिबिम्ब ।
बोटबाट भखर्रै टिपेको फुलझैँ ,
सम्झँदै छु, पचास वर्ष अघिको म ।
थाहै नपाई ओइलाइसकेछन् पत्ताहरु ।
हेर्दा–हेर्दै चाउरिसकेछ शरिर ।

काँडाहरु पन्छ्याउँदा–पन्छ्याउँदै,
फुललाई हेर्नै भ्याइएन सायद ।
अब त, सुगन्ध नै कहाँ रह्यो र !

बाकिँछन् त बस सम्झनाका सन्दूकहरु,
सम्हालेको छु छातिको कुनै कुनामा ।
बाकिँछन् अनुहारहरु मनसपटलमा कतै ।
कुनै स्पष्ट, केहि अस्पष्ट
बाकिँछन् केहि आवाजहरु, कानमा गुञ्जिरहेका अझै ।

बाकिँछन् त बस केहि नामहरु, धमिला यादहरु,
पचास वर्ष अघि मसँग,
कोहि थियो, जो जब बोल्थ्यो, दुनिँया सुनिरहन्थ्यो ।
कोहि थियो, दुनिँयाले जे सोध्थ्यो, ऊ बोल्न सक्थ्यो ।
कोहि थिइन् जसबाट मैले, माया बाँड्न सिँके ।
बस धमिला यादहरु छन्, केहि नामहरु छन् ।

मान्छेहरुलाई त कता–कता पुर्‍यायो समयले ।
साथीहरु हराएरै गए जिन्दगिको छालसँगै,

हेर्दै–थिँए....!!!! ओइलाइसकेछन् पत्ताहरु ।
थाहै नपाइ छाडेर गए पूतली र मौरीहरुले,
सायद, भन्नै भ्याइन मैले, “नजाऊ ! म एक्लै हुनेछु ।”
“नजाऊ ! म एक्लै रुनेछु ।”

आज,
पचास वर्ष अघिको त्यो चित्रकार पनि बूढो भइसक्यो,
कसैको चित्र कोरेको थिएँ,
दिने आँटै आएन ।
जसजसलाई मनैदेखि दिँए,
त्यो चिनो धमिराले खाइसक्यो होला ।

आज पचास वर्ष पछि,
खोतल्दै छु, दिलका कुनाकुना,
दिल पनि धमिराले खाइसक्यो ।
नाडीमा महशुश गर्न खाज्दैछु,
तिमीले लगाइदिएको फ्रेन्डसिप ब्यान्ड,
मुख पानी–पानी हुदैँछ मनसँगै,
सम्झेर त्यो केक र तिम्रो हात ।

आज यिनै सम्झनाका सन्दूकहरु आफ्ना भएका छन्,
ओइलाएका पत्ताहरु आफ्ना भएका छन्,
जसलाई आफ्नो ठनियो, ती त पराई भइदिए ।

यिनै सन्दुक भिरेर हाँस्ने प्रयत्न गर्दैछु :
थोते हाँसो ।।।।

२०६८–०४–२१, गोंगबु ।


8 comments:

TREKKING OPERATOR AND MOUNTAIN GUIDE SANDIP ADHIKARI said...

थोते हाँसो..hahaha

sujendra said...

ramro raixa poem....udesh.keep it up.!!

Khanal Vivek said...

ekdam ramro chha! :)

SUBARNA said...

nice yaar khatrai cha..........

Anonymous said...

sahi cha timra samjhana ka sanduk haru
-abodh

Anonymous said...

Nice one

Rubina Kharel said...

I love this one Udesh ;) Especially when you read it out :)

Pre PG Nepal said...

राम्रो लग्यो !

Post a Comment

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons